उत्कृष्ट फर्ममा रहेका ब्राजिलियन गोलकिपर इडर्सनले आसन्न कोपा अमेरिका गुमाउने भएका छन्। गत साता प्रिमियर लिगअन्तर्गत भएको टोटनहमविरुद्धको खेलमा घाइते भएपछि इडर्सन कोपा अमेरिकाको ब्राजिलियन टिमबाट बाहिरिएका छन्।

मुख्यप्रशिक्षक डोरिवल जुनियरले इडर्सनको स्थानमा साउपाउलोका गोलपिकर राफाइललाई टिममा राखेका छन् ।

यस्तै, उनले टिममा युभेन्ट्सका डिफेन्डर ब्रेमर, एट्लान्टाका मिडफिल्डर इडर्सन र एफसी पोर्तोका स्ट्राइकर पेपेलाई पनि टिममा कोपा अमेरिकाको टिममा समावेश गरेका छन्।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनले प्रत्येक टिमले २६ खेलाडी राख्न पाउन नियम बनाएपछि ब्राजिलले ब्रेमर, इडर्सन र पेपेलाई टिममा राखेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *