महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ।

बिल्बाओमा शनिबार राति भएको फाइनलमा कीर्तिमानी आठ पटकको विजेता लियोनलाई २-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सनसनीपूर्ण जित निकाल्यो।

बालोन डीओर विजेता आइताना बोनमाटीले दोस्रो हाफको ६३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। अर्को गोल भने खेलको अन्तिम मिनेटमा एलेक्सा पतौलाले गर्दै जित सुनिश्चित गरिन्।

बार्सिलोनाले यसअघिका दुई फाइनलमा फ्रेन्च टोलीसँग खेलेको थियो भने यसअघिका चारवटै खेलमा लियोनसँग हार बेहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *