वुल्भ्सबर्गलाई पराजित गर्दै बायर्न म्युनिख बुन्डेसालिगामा शीर्ष दुईमा उक्लिएको छ।

जारी सिजनको अन्तिम घरेलु खेलमा बायर्न २-० गोल अन्तरले विजयी भएको हो। जितसँगै बायर्नले ३३ खेलबाट ७२ अंक जोडेको छ। पराजित वुल्भ्सबर्ग समान खेलबाट ३७ अंक जोड्दै १२ औं स्थानमा छ।

खेलको चौथो मिनेटमै लोभ्रो ज्वोनारेकले गोल गर्दै बायर्नलाई शुरूआती अग्रता दिलाएका थिए। १३औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई २-० को जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *