मउरिसो पोचेटिनोले एक वर्ष मात्र बिताएर मंगलबार चेल्सी छाडेका छन् । इंग्लिस प्रिमियर लिग क्लबले आफूहरूबीचको आपसी सहमतिपछि प्रशिक्षक पोचेटिनोले जिम्मेवारी छाडेको जनाएको छ ।
सिजनको अन्त्यतिर लय समाटेको चेल्सी यस सिजनको अन्त्यमा लिगमा छैटौं स्थानमा रह्यो । तर कुनै उपाधि जित्न नसकेको चेल्सीले युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन पनि असफल रह्यो ।
चेल्सीले पछिल्ला दुई सिजन नयाँ खेलाडीमा एक विलियन पाउन्ड खर्चेको भएता पनि मैदानमा त्यसअनुसारको प्रदर्शन भने गर्न सकेन । चेल्सीले यसपल्ट एफएकपको फाइनलमा लिभरपुलसँग पराजित भएको थियो । एफए कपमा भने सेमिफाइनलमै रोकिएको थियो ।
