कागिसो रबाडा इन्डियन प्रिमियर लिग (आईपीएल) छोडेर दक्षिण अफ्रिका फर्केका छन्। उनको खुट्टाको तल्लो भागमा टिस्यु इन्फेक्सन भएको छ।

यद्यपि, उनले आईसीसी टी-२० विश्वकप गुमाउने खतरा बढेको छ। रबाडाले पञ्जाब किंग्सबाट ११ खेल खेलेका थिए। ८.८५ को इकोनोमीमा उनले ११ विकेट लिएका थिए। तर, उनले आईपीएलका अन्तिम दुई खेलमा खेल्ने छैनन्।

पञ्जाब आईपीएलको प्लेअफबाट बाहिरिएपछि रबाडालाई दक्षिण अफ्रिका फर्कने अनुमति दिइएको थियो। रबाडालाई विश्वकप अघि चिकित्सक टोलीको निगरानीमा राखिएको क्रिकेट दक्षिण अफ्रिका (सीएसए) ले जनाएको छ। तर, रबाडाको चोट कति गम्भीर छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

नेपाल टि-२० बिश्वकप अन्तर्गत साउथ अफ्रिकासँग पनि खेल खेल्नेछ । रबाडा साउथ अफ्रिकाको एक प्रमुख बलर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *