घरेलु टोली नेपालले बुधबार वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको तेस्रो खेल आज खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२:१५ बजेबाट सुरु हुनेछ।

पाँच खेलको शृंखला १-१ को बराबरीमा छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्ट इन्डिजले १० रनको जित निकालेको थियो ।

नेपाल रोहितकुमार पौडेल र वेस्ट इन्डिज रोस्टन चेजको कप्तानीमा मैदान उत्रिनेछन् ।

नेपाललाई दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी जस्ता खेलाडीको साथ रहनेछ । वेस्ट इन्डिज आन्द्रे फ्लेचर, गुडाकेश मोती, ओबेड म्याकोय जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *