टोटनहमको उत्कृष्ट पुनरागमन जित

२०८१, ३० बैशाख आईतवार ०५:५२

इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो ।

टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए ।

३२औं मिनेटमा राइट-ब्याक पेड्रो पोर्रोले उत्कृष्ट गोल गर्दै टोटेनहमका लागि बराबरी गरे । ८२औं मिनेटमा मिकी भ्यान डे भेनले बक्सको छेउबाट गोल गर्दै खेलमा टोटेनहमको जित सुनिश्चित गरे ।

चौथो स्थान हासिल गर्दै च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य राखेको टोटेनहम हाल ३६ खेलमा ६३ अंक सहित पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको एस्टन भिल्लाको ३६ खेलमा ६७ अंक छ । टोटेनहमले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विरुद्ध खेलमा बाँकी नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *