नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१५ गल्स टिम इभेन्टमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ।
श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकालाई ३-१ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन्।
