नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु-१९ गर्ल्स टिम इभेन्टमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-२ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।

यसैगरी यु-१९ ब्वाइज टिम इभेन्टमा नेपालले माल्दिभ्सलाई ३-० ले हरायो । यु-१५ ब्वाइज / गर्ल्सको टिम इभेन्टमा भने नेपाल चुक्यो । दुवै टोली भारतसँग समान ३-० ले पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *