बिदाई खेलमा केलियन एम्बाप्पेले गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ ।

घरेलु मैदान पार्क प्रिन्सेस मैदानमा पिएसजीले च्याम्पियन ट्रफी उचालेर खुसियाली मनाएको थियो । तर, टोली टोउलोउसेविरुद्ध ३-१ ले पराजित भयो ।

एम्बाप्पेले खेलको आठौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि तीन गोल बेहोर्न पुग्यो । १३औं मिनेटमा थिज्स डालिन्गा गोल गर्दा दोस्रो हाफमा यान बोहो र फ्रांक माग्रीले गोल गरेका थिए ।

जितपछि पिएसजीले ३२ खेलबाट ७० अंक जोडेको छ । मोनाको ३३ खेलबाट ६४ अंकसहित दोस्रो स्थानमा छ । विजयी टोउलोउसे ४३ अंकसहित दशौं स्थानमा उक्लियो ।

एम्बाप्पेले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका छन् । सामाजिक संजालमा एक भिडियो सन्देशसहित आगामी सिजन क्लबमा नदेखिने बताएका थिए । २५ वर्षीय खेलाडी स्पेनिस महारथी रियाल मड्रिडसँग पाँच वर्षको सम्झौता नजिक पुगेका छन ।

पिएसजीले पछिल्लो ११ वर्षमा दशौं पटक उपाधि उचालेको छ । उपाधिमा पिएसजीको ह्याट्रिक हो । लुइस इन्रिक्वेको प्रशिक्षणमा रहेको पिएसजी अघिल्लो साता बोरुसिया डर्टमन्डसँग पराजित हुँदै च्याम्पियन्स सेमिफाइनलबाट बाहिरिएको थियो । लिगको

यसअघि एम्बाप्पे सन् २०१७ मा मोकानोबाट १६५.७ मिलियन पाउन्डमा पिएसजी अनुबन्ध भएका थिए ।
विश्वकप विजेता एम्बाप्पेले पिएसजीबाट कीर्तिमानी २५६ गोल गरेका छन् । त्यसक्रममा ३०७ खेल खेले । यस सिजनमात्रै सबैखाले प्रतियोगितामा ४७ खेल खेल्दै ४४ गोल गरेका थिए भने १० असिष्ट थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *