चेन्नई सुपर किंग्सका पूर्व ब्याट्सम्यान अम्बाती रायडुले भारत र चेन्नईको वर्षोंको प्रदर्शनलाई ध्यानमा राख्दै चेन्नईमा महेन्द्र सिंह धोनीको मन्दिर बनाउन सकिने बताएका छन् ।
आईपीएल २०२४ को आइतबार भएको ६१ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने आफ्नो आशा जीवित राखेको छ ।
चेन्नई सुपर किंग्सको टोली हाल आईपीएल २०२४ को अंक तालिकामा तेस्रो स्थानमा छ । चेन्नईले १३ खेलमा ७ जित निकालेको छ । एमएस धोनीले चालु सिजनमा आफ्नो अन्तिम खेल चेपौक स्टेडियममा खेलेका थिए, जहाँ उनले ब्याटिङ गर्ने मौका पाएनन् ।
फ्यानहरूले साउथ सुपरस्टार रजनीकान्त र खुश्बू लगायत धेरै सेलिब्रेटीहरूको मन्दिर बनाएका छन् । रायडुले भने कि एमएस धोनीलाई यो सूचीमा थप्न सकिन्छ किनभने उनले भारतीय र चेन्नईका फ्यानहरूको अनुहारमा खुशी ल्याएका छन् । स्टार स्पोर्ट्ससँग कुरा गर्दै रायुडूले भने, ‘एमएस धोनी चेन्नईका भगवान हुन् र म विश्वस्त छु कि आगामी वर्षहरूमा चेन्नईमा उनको मन्दिर बन्नेछ ।’
