पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगितामा नेपालकी नविता श्रेष्ठ क्वार्टरफाइनलबाट बाहिरिएकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न महिला एकलतर्फको क्वार्टरफाइनलमा नविता श्रीलंकाकी इशारा मुदुरांगीसँग ४-३ ले पराजित भइन् ।
महिला एकलतर्फ नै इभाना थापाले सेमिफाइनल यात्रा तय गरेकी छन् । इभानाले सेमिफाइनलमा बुधबार श्रीलंकाकी बिमान्दी बन्दराको सामना गर्नेछिन् ।
यसैगरी पुरुष एकलतर्फ स्यान्टु श्रेष्ठ र संयोग कपालीले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सेमिफाइनलमा बुधबार श्रीलंकाका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भासँग प्रतिस्पर्धा गर्नेछन् ।
