इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा गुजरात टाइटन्सलाई रोयल च्यालेन्जर्स बैंगलुरुले ४ विकेटले पराजित गरेको छ ।
सुरुवाति ब्याटिङ गरेको गुजरातले १४७ रन बनाएको थियो । १४८ रनको विजय लक्ष्य पछ्यएको बैंगलुरुले १३.४ ओभरमा ६ विकेट गुमाएर १५२ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
यससँगै ११ खेलमा ४ जित निकालेको बैंगलुरु अंकतालिकाको सातौं स्थानमा छ । समान खेलमा ४ जित निकाले पनि नेट रनरेटका आधारमा गुजरात अंकतालिकाको नवौं स्थानमा छ । अंकतालिकाको शीर्ष स्थानमा राजस्थान रोयल्स छ भने पुछारमा मुम्बई इन्डियन्स छ ।
आईपीएलमा आज पञ्चब किस र चेन्नई सुपरकिङ्सबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । त्यस्तै लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।
