मलेसियामा जारी मलेसिया सुपर वुमन्स कप अन्तर्गत
वेस्टर्न वन्डर वुमन र साउदर्न जागुअर्स बिचको खेलमा नेपालकी सिता राणा मगर म्यान अफ दि म्याच घोषित भएकी छिन् ।

वेस्टर्न वन्डर वुमनलाई जित दिलाउने क्रममा सिताले साउदर्न जागुअर्सविरुद्ध महत्वपूर्ण अर्धसतक बनाएकी थिइन् । उनले ४१ बलमा ६२ रनको योगदान दिइन् भने उनले ४ ओभरमा १८ रन खर्चिएर शानदार बलिङ गर्दै २ विकेट लिएकी थिइन् ।

उक्त प्रतियोगितामा नेपालबाट कविता सहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *