एर्लिङ हाल्यान्डले दुई गोल गरेसँगै साबिक विजेता म्यानचेस्टर सिटी इलिस प्रिमियर लिगको चौथो उपाधिनजिक पुगेको छ।
टोटेनह्याम हटस्पर स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा सिटीले घरेलु टोली टोटेनहम हटस्पर
लाई २-० गोल अन्तरले पराजित गरेको हो।
योसँगै एक खेल खेल्न बाँकी रहेको सिटीले ८८ अंक जोडेको छ। ३७ खेल नै खेलेको आर्सनलको ८६ अंक रहेको छ। सिटीले अन्तिम खेल १९ मेमा वेस्टह्यामसँग खेल्ने छ।
यस्तै, आर्सनलले एभर्टनसँग खेल्ने छ। पराजित टोटनह्यामले भने आगामी सिजन च्याम्पियन्स लिग खेल्ने मौका गुमाएको छ। टोनह्याम ३७ खेलबाट ६३ अंकसहित पाँचौं स्थानमा छ।
समान खेल खेलेको एस्टन भिल्ला ६८ अंकसहित चौथो स्थानमा छ। खेलको ५१औं मिनेटमा केभिन डी ब्रुएनाले मिलाइदिएको पासमा हाल्यान्डले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए।
दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा उनले नै पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई २-० को जित दिलाए।
