स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी बनेका छन्।

बुधबार लैनचौरस्थित टेबल टेनिस हलमा भएको दक्षिण एसियाली छनोटअन्तर्गत पुरुषतर्फ फाइनलमा संयोक कपालीलाई ४-३ को सेटमा हराउदै स्यान्टु ओलम्पिकलाई छनोट भएका हुन्।

यसअघि नेपालबाट तेक्वान्दोका संघिना वैद्य र दीपक विष्ट मात्र सिधै ओलम्पिकमा छनोट भएका थिए।

नेपालले फाइनलसंगै इतिहासमै ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी स्यान्टु पाएको छ। टेबल टेनिस इतिहासमा नेपाल पहिलो पटक ओलम्पिकमा छनोट भएको हो।

यस अघि सेमिफाइनलमा श्रीलंकन खेलाडीलाई हराउँदै संयोग कपाली र स्यान्टु श्रेष्ठले फाइनलमा स्थान बनाएका हुन्।

महिलातर्फ माल्दिभ्सकी धिमा फतिमा अलीले सिधै ओलम्पिकमा स्थान बनाइन्। फतिमा माल्दिभ्सको टेबल टेनिस इतिहासमा पहिलो पटक ओलम्पिकमा स्थान बनाउने खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *