नेपाल सेपाकताक्रो विश्व कपमा सहभागी हुने भएको छ । मलेसियाको क्वालालम्पुरमा मे १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष टिम सहभागी हुन लागेको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीहरुमा रोशन तामाङ, दीपेशजंग थापा, उमेशबहादुर महतो, अनिल जर्घा मगर, विजय महतो र पदमवीर मगर रहेका छन् ।

व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ, प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ र इन्टरनेसनल टेक्निकल अफिसियलमा नेसिर मास्के छन् । टोली बिहीबार मलेसिया प्रस्थान गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *