नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपको रेगु र डबल इभेन्टको दुवैमा तेस्रो भएको छ ।

विश्व कपमा मंगलबार भएको सेमिफाइनलमा नेपाल रेगु इभेन्टमा चाइनिज ताइपेसँग २-१ सेटमा हराएको थियो । चाइनिज ताइपेसँग नेपाली टोली ११-१५,१५-१०,१२-१५ ले पराजित गर्यो ।

डबल इभेन्टमा नेपाल इरानसँग २-० सेटले पराजित भएको हो । इरानसँगको खेल नेपालले १३-१५,११-१५ ले गुमाएको थियो । रेगुको अर्को सेमिफाइनलमा इरानसँग २-० ले पराजित भएको बंगलादेश पनि नेपालसँग संयुक्त रुपमा तेस्रो भएको छ ।

त्यस्तै डबल इभेन्टमा चाइनिज ताइपेसँग २-१ सेटले पराजित हुँदै नेपालसँगै तेस्रो भएको छ । रेगुमा चाइनिज र इरान तथा डबल इभेन्टमा इरान र चाइनिज ताइपे फाइनल पुगेका छन् ।

रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र पदम बहादुर थाडा मगर छन् ।

प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, म्यानेजरमा नेत्र प्रसाद गुरुङ्ग र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के छन् । २१ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपालसहित ९ राष्ट्र डिभिजन वान र प्रिमियरमा १२ राष्ट्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *