४३ वर्षीय अफ स्पिन अलराउन्डर फ्रान्क सुबुगालाई समेट्दै युगान्डाले आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपका लागि टोली घोषणा गरेको छ।

युगान्डाले ब्रायन मसाबाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। युगान्डाको सिनिअर पुरुष क्रिकेट टोलीले पहिलो पटक विश्वकपमा सहभागिता जनाउन लागेको हो।

विश्वकप खेल्ने सुबुगा सबैभन्दा पाको उमेरका खेलाडी बन्नेछन्। सुबुगाले सन् २०१९ मा कम्पालामा भएको बोत्सवानाविरुद्धको खेलमार्फत टी-२० आई डेब्यू गरेका थिए।

त्यसयता उनले ५३ इनिङ्स खेलिसकेका छन्। जसमा उनले १६.०३ को औसत र ४.७९ को इकोनोमीमा ५५ विकेट लिइसकेका छन्। २१ इनिङ्‌समा ब्याटिङ गरेका उनले ९.८७ को औसत र १००.६३ को स्ट्राइक रेटमा १५८ रन बनाएका छन्।

रियाजत अली शाहलाई टोलीको उपकप्तानको जिम्मेवारी दिइएको छ। रोनाल्ड लुटाया र इनोसेन्ट म्वेबाजेलाई ट्राभलिङ रिजर्भमा राखिएको छ। युगान्डा र नामिबिया विश्वकप छनोटबाट प्रवेश गरेका अफ्रिकाका दुई टोली हुन्।

युगान्डा समूह ‘सी’ मा छ। यो समूहमा न्यूजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र वेस्ट इन्डिज छन् । युगान्डाले आफ्नो पहिलो खेल जुन ४ मा अफगानिस्तानसँग खेल्ने छ ।

युगान्डाको टोली:

ब्रायन मसाबा (कप्तान), रियाजत अली शाह (उपकप्तान), केनेथ वाइस्वा, दिनेश नाक्रानी, फ्रान्क सुबुगा, रौनक पटेल, रोजर मुकासा, केनेथ वाइस्वा, कोस्मास क्यावुता, बिलाल हसुन, फ्रेड अकेलम, रोबिन्सन ओबुया, सिमोन सेसेसेनडो, अल्पेश रामजानी, जुमा मियाजी

रिजर्भ खेलाडी: रोनाल्ड लुटाया, इनोसेन्ट म्वेबाजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *