विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई विकेटले पराजित गरेको हो । एपीएफले एक खेल अगाबै फाइनलमा स्थान बनाइसकेको थियो ।

सुदुरले दिएको १ सय १२ रनको लक्ष्य एपीएफले १९ दशमलब ४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफका लागि ममता चौधरीले ३४ बलमा अविजित ३२ तथा रोमा थापाले २० बलमा २३ रन बनाईन् । सरिता मगरले ३० बलमा १९ तथा राजमती ऐरीले ९ बलमा ११ रन बनाईन् ।

सुदुरका लागि लक्ष्मी साउदले दुई तथा जानकी थापा, कविता जोशी, रितु कनौजिया, स्नेहा महरा र विन्दु रावलले समान एक एक विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।

सुदुरका लागि कप्तान बिन्दु रावलले ५१ बलमा ३६ तथा कविता जोशी २८ बलमा २९ रनमा अविजित रहिन् । ओपनर रुवी पोदारले ३६ बलमा २९ रन बनाईन् ।

एपीएफका लागि रेखा रावल र इन्दु बर्माले समान १/१ विकेट लिईन् ।

पाँच टोलीको सहभागीता रहेको यस प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *