आइपिएल २०२४ अन्तर्गत बुधबार रातिको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्सविरूद्ध सानदार जित हात पार्यो।
१६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमा कुनै विकेट नगुमाइ पार गर्दै १० विकेटको जित निकाल्दा अभिषेक शर्मा र ट्राभिस हेडले उत्कृष्ट ब्याटिङ गरे। दुवै नटआउट रहदा शर्माले ७५ रन र हेडले ८९ रन बनाए।
हैदरावादसामू लखनउका कप्तान केएल राहुलको टोली निरिह देखियो।
खेलका बीचमा मैदानमा एउटा यस्तो घटना भयो, जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। यसबारे फ्यानहरूले प्रश्न उठाइरहेका छन्।
खेल सकिएपछि लखनउका मालिक सञ्जीव गोयन्का टोलीको डगआउट नजिकै कप्तान केएल राहुलसँग लामो समयसम्म कुरा गरिरहेको देखिएको थियो।
यस क्रममा गोयन्का निकै क्रोधित देखिन्थे र उनी लगातार राहुललाई केही न केही व्याख्या गरिरहेका थिए। जहाँ राहुलले शान्तिपूर्वक उनको कुरा सुनिरहेका थिए।
यति मात्र होइन, यो दृश्य पछाडिको कमेन्टीको आवाजमा पनि उल्लेख गरिएको छ। यस्तो कुराकानी यति धेरै क्यामेरा अगाडि नभई बन्द कोठामा हुनुपर्ने बताइएको थियो।
