वेस्ट इन्डिज क्रिकेट टीमका केही खेलाडीले मैदानमा नै मास्क लगाएर खेलेको दृष्य चर्चामा छ । यसले नेपालको प्रदुषण अवस्थाबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने खतरासमेत धेरैले बताएका छन् ।
बुधबार खेलपछि वेस्ट इन्डिजका खेलाडी एन्ड्रे फ्लेचरलाई पत्रकारले मास्क लगाउनुको कारणबारे सोधेका थिए । उनले हाँस्दै धुलोका कारण केही खेलाडीले मास्क लगाएको बताए छन्। ‘हामीले जस्तो परिस्थितिमा पनि खेल्नुपर्छ, इमान्दारितापूर्वक भन्नुपर्दा आज निकै धुलो थियो । त्यसको लागी लगाएको हो।’
उनले नेपाल समुद्र सतहभन्दा माथि भएकोले यहाँको वातावरणमा घुलमील नभएको र अभ्यास गर्दा अफ्ट्यारो भएको बताए । साथै मानिसहरु निकै असल र नेपालमा इन्जोइ समेत गरिरहेको बताए ।
‘यो देश समुद्र सतहभन्दा धेरै माथि छ । त्यसैले केही खेलाडीहरुलाई अलिकति कठिनाइ भएको छ । हामी यहाँ अभ्यस्त हुँदै जाँदा अझै राम्रो खेल्नेछौं। हामीले कहिलेकाहीँ आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनु पर्छ । नेपालमा हामीले धेरै राम्रा कुराहरु पनि देख्यौं । मानिसहरु निकै असल छन् । हामी इन्जोइ गरिरहेका छौं’ उनले भने ।
