आइसिसी टि-२० विश्वकपका लागि बंगलादेशको टोली घोषणा भएको छ। बंगलादेश क्रिकेट बोर्डले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

अनुभवी अलराउन्डर साकिब अल हसनले टोलीमा पुनरागमन गरेका छन् ।

जुन २ देखि वेस्ट इन्डिज र अमेरिकामा सुरु हुने विश्वकपको समूह ‘डी’ मा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्यान्ड्स छन् ।

बंगालदेशले जुन ७ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र बंगलादेश जुन १६ मा भिड्नेछन् ।

बंगलादेशको टोलीः

नजमुल हुसेन शान्तो (कप्तान), साकिब अल हसन, तस्किन अहमद, मुस्ताफिजुर रहमान लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद, जाकेर अली अनिक, तनवीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, शोरिफुल इस्लाम, तान्जिम हसन साकिब

वैकल्पिकः अफिफ हुसेन, हसन महमुद

Leave a Reply

Your email address will not be published. Required fields are marked *