वेस्ट इन्डिज ‘ए’ ले ५ टी-२० श्रृंखलाअन्तर्गत अन्तिम तथा पाँचौँ खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । खेल १२:१५ बजे सुरु हुनेछ ।
शृंखलामा वेस्ट इन्डिज ३-१ ले अगाडि छ । शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको लक्ष्यमा छ । वेस्ट इन्डिज पनि जितका साथ शृंखलाको अन्त्य गर्ने सोचमा छ ।
नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । गुल्सन झा र ललितनारायाण राजजंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी,, गुल्सन झा, अभिनाश बोहरा, सन्दीप जोरा, ललितनारायण राजवंशी, प्रतिश जिसी
