समाजिक सञ्जालमा आधारहीन तरिकाले आफ्नो चरित्र हत्या गरिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्‌काले आपत्ति जनाएका छन्।

पारसले बुधबार साँझा फेसबुकमा स्टाटस खेल्दै चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाले आधारहिन तरिकाले लगाइएको व्यक्तिगत आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘पछिल्लो केही समय यता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले ममापत भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, पारसले लेखेका छन्, ‘कानुनले कसैलाई पनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन, नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ।’

तर्कहीन र आधारहीन तरिकाले चरित्र हत्या गर्नेहरुलाई कानुनी दायरामा ल्याउने पनि पारसले उल्लेख गरेका छन्।

‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दिप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ, ‘यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।’

पारसले नेपाली क्रिकेटप्रतिको मेरो निस्वार्थ भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने संल्कप पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *