एपीएफकी अनिशा तामाङले १८औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कनट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौलसमूहमा मंगलबार स्वर्ण जितेकी छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा अनिशाले आफ्नै क्लबकी सुमित्रा नगरकोटीलाई पराजित गरिन् ।
नेपाल क्योकुसिन आयोजित सार्मीकै केशरबाटर नेपालीलाई पाखा लगाएँटे कराते डो संघ वज्रद्वारा प्रतियोगिताको पुरुष ५० केजीमा आयोजक वज्रका विज्ञान तोलोङगी पहिलो भए। उनले फाइनलमा वज्रकै हेमन बस्नेतलाई हराए। पुरुष ६० केजीमुनि फाइनलमा नेपाल आर्मीका प्रवीण माझीले आर्मीकै केशरबहादुर नेपालीलाई पाखा लगाउँदै स्वर्ण हात पारे।
पुरुष ७० केजीमुनि आर्मीका शनिसिंह सुनार शीर्ष स्थानमा रहे। उनले फाइनलमा आयोजक वज्रका विकास शाहीलाई पन्छाए। पुरुष ७० केजीमाथि आईकेओका अमित महर्जनले फाइनलमा एपीएफका पेम्बा छिरिङ तामाङको चुनौती पन्छ्याउँदै स्वर्ण जिते।
हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। दुई दिने प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी ९ टिमका ८० खेलाडी सहभागी थिए।
