काठमाडौँ – यामाहाले आफ्ना एफजेडका सबै सिरिजका बाइकहरूमा १० वर्षको वारेन्टी दिने भएको छ।
यामाहाले नेपालमा फ्युल इन्जेक्सन (एफआई)प्रविधि अवलम्वन गरेको १५ औं वर्ष पूरा गरेको छ। यस उपलब्धीलाई मनाउन र आफ्ना उत्पादनहरूप्रतिको विश्वास उजागर गर्नका लागि यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको जनाएको छ।
यामाहाले यसलाई कोसेढुङ्गाको उपलब्धी भएको जनाएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले कोसेढुङ्गा प्राप्तीको अवसरमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुशी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्वित छौं।’
राइडरहरूले अब १० वर्षको वारेन्टीको साथ अझ बढी मानसिक शान्ति लिएर आफ्नो साहसिक यात्रा सुरु गर्न यामाहाले आग्रह गरेको छ।
