volleyballBrazil's Yoandy Leal Hidalgo spikes the ball in the men's preliminary round pool B volleyball match between Brazil and Russia during the Tokyo 2020 Olympic Games at Ariake Arena in Tokyo on July 28, 2021. (Photo by ANGELA WEISS / AFP) (Photo by ANGELA WEISS/AFP via Getty Images)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)  द्वारा आयोजित १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको भलिबलमा लुम्बिनी र बागमती च्याम्पियन बनेका छन् । 

लुम्बिनीले छात्र तथा बागमतीले छात्रामा स्वर्ण चुमे । दुवै टोलीले गण्डकीलाई पराजित गरे ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा लुम्बिनीले गण्डकीलाई २५-१७, २५-१४, १९-२५,२५-१९ ले पराजित गर्यो । कर्णाली तेश्रो भयो ।

छात्राको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई २५-१३, २५-१४ ,२५-१४ को सोझो सेटमा हरायो । लुम्बिनी तेश्रो स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *