नेपाली राष्ट्रिय श्री अन श्री बास्केटबल टिमले चीनको युनानमा भएको एक अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।
युनान प्रान्तको खेलकुद ब्यूरोद्धारा आयोजित युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोर्टस कार्निभलमा नेपाली टोलीले सोमबार स्वर्ण पदक जितेको नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङले खेलाडी डटकमलाई जानकारी गराएका छन् ।
नेपालले कुनै पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउने टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी, निश्चल महर्जन र प्रशिक्षक सुशील गुरुङ थिए ।
नेपालका मनिष केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षक गुरुङ सर्वोत्कृष्ट प्रशिक्षक चुनिएको संघका अध्यक्ष गुरुङले जानकारी गराए । शुक्रबार सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको थियो । मंगलबार पुरस्कार वितरण समारोह हुने बताइएको छ ।
