अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्लेयर अफ द मन्थमा मनोनित भएका तीन खेलाडीको नाम सार्बजनिक गरेको छ ।

सोमबार साँझ सार्बजनिक भएको सुचीमा नामिबिया, युएई र पाकिस्तानका तीन स्टार खेलाडी पुरुष बर्ष २४ को प्लेयर अफ द मन्थ अवार्डका लागि मनोनीत भएका हुन् ।

पछिल्लो खेलमा गरेको प्रदर्शनका आधारमा आईसीसीले अप्रिल महिनाका लागि प्लेयर अफ द मन्थ अवार्ड बाट उनीहरुलाई सम्मान गर्न लागेको हो ।

मनोनित भएका खेलाडीमा नामिबियाका गेर्हार्ड इरास्मस, युएईका मोहम्मद वसीम र पाकिस्तानका शाहिन अफ्रिदी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *