पोखरा । पहिलो संस्करणको भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता पुस अन्तिम साता हुने भएको छ । भिन्तुना युवा क्लब, तेर्सापट्टि , पोखरा-३ को आयोजनामा हुने यस प्रतियोगिता आगामी पुस २६ र २७ गते हुने भएको हो ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपौँया, उपिवजेता हुने टोलीले ५५ हजार ५५५ रुपौँयासिहत ट्रफी, मेडल प्रमाणपत्र पाउने अर्थ संयोजक राजन श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, प्रतियोगितामा विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डरले सामान ५ हजार रुपैयाँ पाउने छन् भने फेयर प्ले टिमले पनि ५ हजार रुपैयाँ पाउने भएका छन् । प्रतियोगितामा क्वाटरफाइनलपछि हरेक खेलको म्यान अफ दि म्याचलाई एक हजारसहित ट्रफी प्रदान गरिने छ ।

सहभागि टिमलाई टिम दर्ताको लागि ६ हजार शुल्क तोकिएको छ भने प्रतियोगिताको सबै खेलहरु स्पोर्ट्स क्यासल गैरापाटन पोखरा -४ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *