बेलारुसकी आर्यना साबालेन्काले ब्रिसबेन इन्टरनेसनल टेनिसको महिला एकलतर्फको उपाधि जितेकी छिन् ।

फाइनलमा विश्व नम्बर एक साबालेन्काले उपाधि जित्ने क्रममा शानदार पुनरागमन गर्दै रुसकी पोलिना कुडेरमेटोभा माथि २-१ ले जित दर्ता गरेकी हुन् ।

विश्व नम्बर १०७ कुडेरमेटोभाविरुद्ध पहिला सेट ४-६ ले गुमाए पनि त्यसपछिका दुई सेट साबालेन्काले ६-३ र ६-२ को जितका साथ उपाधि उचालिन् । यो साबालेन्काको पहिलो ब्रिसबेन तथा करिअरको १८औं उपाधि हो ।

यसैगरी चेक रिपब्लिकका जिरी लेहेले पुरुष एकलतर्फको उपाधि हात पारे । उनले अमेरिकका रेली ओपेल्काबाट वाकओभर प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *