काठमाडौं । भाटभटेनी सुपर मार्केटले टेनिसकी युवा खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँको प्रायोजन गरेको छ।

नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने निरन्तरको प्रयास स्वरुप भाटभटेनीले टेनिसकी युवा खेलाडी शिभालीलाई २० लाख रुपैयाँको प्रायोजन गरेको हो ।

कर्पोरेट प्रायोजनले एशियाकी शीर्ष यू-१४ खेलाडी बन्ने शिभालीको यात्रामा थप उचाइ प्रदान गर्ने विश्वास लिइएको भाटभटेनीले जनाएको छ ।

हाल एसियन टेनिस फेडरेसनको यु-१४ गल्र्स वरीयतामा उनी १२ औं स्थानमा रहेकी छन् । उनी यस वर्ष शीर्ष १० मा पर्नका लागि अन्तर्राष्ट्रिय प्रशिक्षणसहित नियमित कडा अभ्यास गरिरहेकी छिन् ।

एक वर्षको सम्झौता अनुसार भाटभटेनी सुपर मार्केटले प्रमुख प्रयोजकको रूपमा एक लाख ८० हजार, भाटभटेनी अन्तर्गतको डिर्क एन्ड ब्राउन र टिपले दुई लाख ४० हजार रुपैयाँ (संयुक्त), इन्फिनिटीले २ लाख ४० हजार रुपैयाँ, पेपे पिञ्जाले २ लाख ४० हजार रुपैयाँ वार्षिक रुपमा प्रायोजन गर्नेछन् ।

यस्तै, ट्रस्ट नेपाल ओभरसिज र ट्रान्सफर्मर नेपालले समान ५-५ लाख रुपैयाँ शिभालीलाई उपलब्ध गराउनेछन् । भाटभटेनीले आफ्ना कर्पोरेट ब्राण्डबाट शिभालीलाई एक वर्षको २० लाख रुपैयाँको प्रायोजन गरेको हो । भाटभटेनी होल्डिङले १ लाख रुपैयाँ बराबरको सामान शिभालीलाई प्रदान समेत गर्ने भएको छ ।

भाटभटेनी सुपरमार्केटका निर्देशक कल्याण गुरुङले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीहरू तयार पार्ने आफ्नो लक्ष्य अनुसार शिभालीलाई प्रायोजन गरिएको बताए ।

शिभालीले प्राप्त प्रायोजन रकमले आफ्नो खेल जीवन बदल्ने अवसर प्रदान हुने उल्लेख गरेकी छिन् ।

भाटभटेनी होल्डिङ्‌सका कर्पोरेट हेड आलोक जोशीले युवा खेलाडीलाई प्रबद्र्धन गर्ने उद्देश्यको निरन्तरता स्वरुप शिभालीलाई प्रायोजन प्रदान गरिएको बताए ।

१३ वर्षकै उमेरमा शिवालीले उल्लेखनीय उपलब्धिहरू हासिल गरेकी छन् । उनले यु-१८ नेपाल च्याम्पियनसिप जितेकी थिइन् । यस्तै, आइटिएफ वल्ड टेनिस टुर जे ३० फाइनलमा पुगेकी छन् । र, थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *