इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्समाथि ९८ रनको शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले ६ विकेटको क्षतिमा २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ बलमा १३७ रनमा अलआउट भएको हो ।
जितसँगै कोलकाता १६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लखनउ भने पाँचौं स्थानमा झरेको छ। उसको १२ अंक छ।
