नेपाली तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौँ मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा चार स्वर्ण जितेका छन् ।
यसबाहेक नेपालले थप समान १-१ रजत र कांस्य पनि प्राप्त गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले बताए ।
पुरुष पुम्से ३० वर्षमाथि चन्द्र राना मगर, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोशा राणाले स्वर्ण जिते । निरोशाले जुनियर ५२ केजीमुनि कांस्य पनि जितिन् । सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत हात पारिन् ।
चीनको नान्जिङमा भएको प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बनिन् । नेपालका विकेश विडारी टोलीका प्रशिक्षक हुन् ।
