ललित स्मृिति एन्फा यु-१८ लिगमा रमिता सृजना भएको छ । एफसी खुमलटारमा खेलाडी नपुगेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझै तीन अंक हासिल गरेको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहान १२ बजे खुमलटार र आर्मीबीच खेल हुने तालिका थियो । दुबै लिगको अन्तिम खेल खेल्दै थिए । तर, मैदानमा ९ खेलाडीले मात्र उपस्थिति जनाएपछि खुमलटारले खेल खेल्न सकेन । जसका कारण आर्मीले प्रतियोगिताको नियम अनुसार ३-० ले खेल जित्यो ।

खासमा यस्तो परिस्थिति कसरी सृजना भयो त ?

यसको कारण हो, मकवानपुरको हेटौंडामा जारी बागमती प्रदेश लिग । खुमलटारले ललित स्मृिति लिगका लागि भनेर २७ खेलाडी दर्ता गरेको थियो । जसमध्ये १९ खेलाडी सिंधुपाल्चोक जिल्लाका हुन् । सोमबार प्रदेश लिगमा सिंधुपाल्चोकले सिंधुलीसँग खेल्ने तालिका थियो । त्यसैले टोलीका ७ खेलाडी हेटौंडा प्रस्थान गरे ।

खेलाडी सिन्धुपाल्चोकलाई प्रतिनिधित्व गरेको चौतारा स्पोर्टिङ समावेश भए । चौतरा पहिलो खेलमा सिन्धुलीलाई प्रतिनिधित्व गरेको ब्लु अलपाइन क्लबसँग २-१ गोल अन्तरले पराजित हुँदै बाहिरिन पुग्यो ।

‘हामीसँग मात्र ९ जना खेलाडी थिए । त्यसैले नखेल्ने निर्णय गरेका हौं । पहिलो चरणपछि १० जना खेलाडी काठमाडौं नै आएनन् । आज सात जना खेलाडी हेटौंडा गए,’ मुख्य प्रशिक्षक सन्दीप खड्काले खेलाडी डटकमसँगको कुराकानीमा भने, ‘जिल्लालाई धोका दिने कुरा आएन । जिल्लाले मागेपछि पठाउनै पर्यो ।’

पहिलो चरण सकिएपछि खेलाडी चार महिना बिदा बसेका थिए । जसको प्रत्यक्ष असर क्लबलाई परेको खड्का बताउँछन् । भन्छन्, ‘घर गएपछि खेलाडीले फर्किने मनसाय बनाएनन् । कसैले परीक्षाको कारण देखाए भने कसैले घरायसी कारण देखाए ।’

हारसँगै खुमलटारले पुछारको दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । खुमलटारले २२ खेलमा मात्र १२ अंक जोड्न सक्यो । आर्मी खुमलटारभन्दा एक स्थान माथि रह्यो । उसले २१ अंक जोड्यो ।

Kheladi.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *