दिपक बोहरा, पाँचथर

न्युरोड टिम (एनआरटी) फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको सेमीफाइनल प्रबेश गरेको छ ।

बिहिबार फिदिम माबिको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा मौफसलको सलेहश क्लब सिराहालाइ टाइब्रेकरमा ५-४ गोलको कठिन जित निकाल्दै एनआरटी सेमीफाइनल प्रबेश गरेको हो ।

एनआरटीको जित सँगै एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । आयोजक फिदिम स्र्पोटिङ क्लब, मच्छिन्द्र क्लब र चर्च व्वाइज युनाइट आफ्‌नो खेल जित्दै यस अघिनै सेमीफाइनल प्रबेश गरेका छन् ।

निर्धारीत ९० मिनेट सम्म दुबै टोलीबाट गोल नभए पछि खेलको निर्णय टाइबेकरबाट गरिएको थियो । टाइब्रेकरमा एनआरटीको तर्फबाट अन्जन बिष्ट, क्रितिश छुर्जु, अभिशेक लिम्बु, कार्लोश र सरोज तामाङले गोल गरेका थिए ।

सलेहश क्लबको तर्फबाट कुलदिप कार्की, बिबेक राई, दोर्जे तामाङ र फागुराम थारुले गोल गरेका थिए । बिदेशी खेलाडी हेन्रीको प्रहार एनआरटीका गोल रक्षक प्रमिजय गच्छेदारले रोकेका थिए । खेलमा दुबै तर्फबाट गोलका केही अवसर गुमेका थिए ।

एनआरटीका अभिशेक लिम्बु प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । सेमीफाइनल पुगेको एनआरटीले शनिबार फाइनल प्रबेशका लागि अर्को ए डिभिजनको क्लब मच्छिन्द्रसँग खेल्ने छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भोलि आयोजक फिदिम स्र्पोटिङले चर्च व्वाइज युनाइटेडको सामना गर्ने छ ।

१४ पुससम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *