बक्सिङ डेको अवसरमा इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेलहरु हुँदैछन् ।

बिहिवार हुने पहिलो खेलमा खराव प्रदर्शनलाई निरन्तरता दिइरहेको म्यान्चेस्टर सिटिले एभर्टनको सामना गर्दै छ । सिटिको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ सबा ६ बजेदेखि शुरु हुनेछ ।

लिगका पछिल्ला आठ खेलमा केवल एक मात्र जित हात पारेको सिटि १७ खेलबाट २७ अंंकका साथ अंंक तालिकाको सातौं स्थानमा रहेको छ भने एभर्टन १६ खेलबाट १६ अंंकका साथ १६औं स्थानमा रहेको छ ।

त्यसैगरी राती पौने ९ बजे पाँँच वटा खेल हुँदै छन् । न्युक्यासल र एस्टन भिल्ला, नटिङ्घम फरेस्ट र टोटेनहम, बर्नमाउथ र क्रिस्टल प्यालेस, चेल्सी र फुलहम, साउथह्याम्प्टन र वेस्ट हम भिड्नेछन् ।

चेल्सी १७ खेलबाट ३५ अंंकका साथ अंंक तालिकाको दोस्रो स्थानमा रहेको छ । त्यस्तै टोटेनहम १७ खेलबाट २३ अंंक जोडेर ११औं स्थानमा रहेको छ ।

आज हुने अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्ससँँग प्रतिस्पर्धा गर्दैछ । वुल्भ्सको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार सबा ११ बजेदेखि शुरु हुनेछ । युनाइटेड १७ खेलबाट २२ अंंकका साथ अंंक तालिकाको १३औं स्थानमा रहेको छ भने समान खेल खेलेको वुल्भ्स रेलिगेशन जोनमा रहेको छ ।

त्यसैगरी आजै राती पौने २ बजे हुने खेल शीर्ष स्थानमा रहेको लिभरपुलले लेस्टर सिटिसँँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुल १६ खेलबाट ३९ अंंकका साथ अंंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने लेस्टरको १७ खेलबाट १४ अंंकका साथ १७औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *