दिपक बोहरा, पाँचथर
दुई दिन अघि मात्र झापा कप जितेको चर्च व्वाइज युनाइटेड क्लब एघारौ फाल्गुनन्द गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको एकर्तफी खेलमा चर्च व्वाइज युनाइटेडले जित निकालेको हो । चर्च व्वाइले तेस्रो क्वाटरफाइनल खेलमा नेपाल सुपरलिग खेल्ने टोली विराटनगर सिटि फुटबल क्लबलाई ७-१ गोलले पराजित गर्यो ।

खेलभर सुपर लिगको टोली विराटनगरले लयमा भेट्टाउन सकेन । विपक्षी पोष्टमा खासै आक्रमण बुन्न नसकेको विराटनगर अन्ततः फराकिलो हारसँग घर फर्किएको छ ।
चर्च व्वाइजको जितमा समिर तामाङ र बिदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरेका थिए । एक गोल बिदेशी खेलाडी फोफनाको नाममा रह्यो ।
समिरले खेलको १५ औं मिनेटमा गोल गर्दै चर्च व्वाइजलाई सुरुवाती अग्रता दिलाए। ४३ मिनेटमा समिरेले चर्च व्वाइजको अग्रता दोब्बर पारेका थिए ।

खेलको ६२औं मिनेटमा अर्मान्ड टिमका लागि तेस्रो तथा व्यक्तिगत पहिलो गोल गरे । ७३औ मिनेटमा समिरले ह्याट्रिक गर्दा गोल गर्दा चर्च व्वाइजको अग्रता ४-० मा पुग्यो । ७७औं मिनेटमा फोफनाको क्रसमा अर्मान्डले टिमका लागि पाँचौ तथा व्यक्तिगत दोश्रो गोल गरे ।
बिराटनगरको लागि संन्दिप राईले ८७ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो । ८७ औं मिनेटमा डि एरियामा बिराटनगरका डिफेन्डरले चर्च व्वाइजका अर्मान्डलाई फाउल गरे पछि चर्च व्वाइजले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल गर्दै अर्मान्ड ह्याट्रिक पुरा गरे ।
दोश्रो हाफको अतिरिक्त समयमा चर्च व्वाइजका फोफनाले गोलगर्दै टिमलाई ७-१को फराकिलो जित दिलाए ।

खेलमा हाट्रिक गरेका चर्च व्वाइजका समिर तामाङ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे ।
खेलाडी कलेक्सन गरेर टिम बनाएको हुँदा अफ्नो टोली पराजित भएको बिराटनगरका प्रशिक्षक राज थापाले बताए । धेरै गोल गरेको भए पनि आफ्नो टोलीले सोचेअनुरुप खेल प्रर्दशन गर्न नसकेको चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले बताए ।
सेमीफाइनल पुगेको चर्च व्वाइजले फाइनल प्रबेशका लागी शुक्रबार आयोजक फिदिम स्पोटिङसँग खेल्नेछ ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भोलि एनआरटी र सलहेश फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपौया नगद पुरस्कार पाउनेछन् ।
