विराटनगर । विराटनगर फुटसल लिगको पहिलो संस्करणको उपाधि एबी ५ एफसीले जितेको छ ।
विराटनगरस्थित जेएनएल फुटसलमा मंगलबार भएको फाइनल खेलमा स्टार बोइज एफसीलाई ३-२ गोलले पराजित गर्दै एवी ५ च्याम्पियन बनेको हो ।
फाइनल खेलमा एबी ५ एफसीले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको थियो । उनीहरूको आक्रामक खेलले स्टार बोइज एफसीलाई निकै दबाबमा राखेको थियो । यद्यपि, स्टार बोइजले दुई गोल फर्काएर खेललाई रोमाञ्चक बनाएका थियो । अन्ततः, एबी ५ एफसीको बलियो रणनीति र प्रदर्शनले जित सुनिश्चित गर्यो ।
विजेता एबी ५ एफसीले नगद ४० हजार हात पार्दा उपविजेता स्टार बोइज एफसीले २० हजारमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमेश पौडेल चुनिए । त्यसैगरि लेसाङ राई सार्वधिक गोलकर्ता बन्दा हिमेश पौडेल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । लेसाङ राई उत्कृष्ट गोलकर्ता बन्दा मनिष कार्कीले सर्वाधिक क्लिन सिटको पुरस्कार पाए ।
आयोजकका अनुसार, विराटनगर फुटसल लिगले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै स्थानीय फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
त्यसैगरी यस लिगले फुटसलप्रति चासो र जनसहभागिता बढाउँदै भविष्यमा अझ ठूलो फुटबल प्रतियोगिता आयोजना गर्न प्रेरणा दिएको आयोजक विराटनगर सिटी फुटबल क्लबका कार्यकारी निर्देशक शुभाशीष कोइरालाको भनाइ छ ।
