नेपालको गण्डकी प्रदेशले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपमा लगातार तेस्रो हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार गण्डकी इरानको यु-१८ टोलीसँग ३-२ को सेटमा पराजित भयो ।

गण्डकीले सुरुआती दुई २८-२६, २५-२३ ले आफ्नो पक्षमा पारेको थियो । तर, गण्डकीले तेस्रो सेट भने २१-२५ ले गुमायो । त्यसैगरी गण्डकीले चौथो सेटपनि २२-२५ ले गुमाउँदा खेल २-२ को बराबरीमा पुग्यो ।

यसपछि खेलको निर्णय पाँचौं सेटबाट भयो । गण्डकीले खेललाई १३-१४ सम्म पुर्याएपनि इरानको युवा टिमले १५- १३ ले जित्दै गण्डकीलाई ३-२ ले माथ दियो ।

लगातार तेस्रो हारसँगै गण्डकीको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । गण्डकीको तीन खेलमा दुई अंक छ । पहिलो खेलमा गण्डकी एचडिसीसँग र दोस्रो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबसँग पराजित भएको थियो ।

बुधबार हेल्प नेपालले एचडिसी तथा इरानले क्यालिकटको सामना गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *