टि ट्वान्टी क्रिकेटको ईतिहासमा एकै इनिङमा सर्वाधिक रन बरोडा क्रिकेट टिमले बनाएको छ । भारतमा जारी सैयद मुस्ताक अलि क्रिकेटमा बरोडा क्रिकेट टिमले एकै ईनिङमा ३ सय ४९ रन बनाएको हो ।

बरोडाले बिहीवार सिक्किमको टोलीविरुद्ध पुरुष टी ट्वान्टी क्रिकेटमा सर्वाधिक योगफल बनाउने कीर्तिमान बनाएको हो । उसले गत अक्टोबरमा नैरोबीमा गाम्बियाविरुद्ध जिम्बाब्वेले बनाएको ३ सय ४४ रनको कीर्तिमान तोडेको हो ।

बरोडाले आफ्नो पारीमा ३७ छक्का प्रहार गर्दै अर्को टी ट्वान्टी रेकर्ड तोडेको थियो । जिम्बाब्वेले गाम्बियाविरुद्धको खेलमा पनि एक इनिङमा सर्वाधिक छक्का (२७) प्रहार गर्ने कीर्तिमान बनाएको थियो ।

बरोडाले यस खेलमा २सय ६३ रनको जित हात पारेको छ । बरोडाले दिएको ३ सय ५० रनको लक्ष्य पछ्याएको सिक्किमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । बलिङतर्फ क्रुणाल पाण्ड्या, निनाद राठवा र महेश पिठियाले समान ५-५ विकेट लिए ।

रणजी ट्रफीको समूह ए को शीर्ष स्थानमा रहेको बडोदाले पाँच खेलमा लगातार चार जित हात पारेको छ । जारी सैयद मुश्ताक अली ट्रफीमा उसले हालसम्म ७ खेलमध्ये ६ मा जित हात पारेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *