टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न तीन जना पाकिस्तानी खेलाडी नेपाल आइपुगेका छन् ।

काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न पाकिस्तानका माजर अली, मुवासर राजा र अद्गान खानलाई सोमबार बिहान काठमाडौं आइपुगेका हुन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प नेपालका महासचिव अरुण श्रेष्ठले स्वागत गरेका थिए ।

अलि, राजा र खानले यसअघि हेल्प नेपालबाट भलिबल खेलिसकेका छन् । काभा क्लब च्याम्पियनसिप नेपालका टिपटप हेल्प नेपाल र गण्डकी प्रदेश, भारतको क्यालिकट, माल्दिभ्सका एचडिसी क्लब र इरानको चादौरा मालो क्लबले खेल्नेछन् ।

खेल २२ मंसिरदेखि २९ मंसिसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *