नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टलाई एक कार्यक्रमबीच बुधबार बिदाइ गरेका छन् ।

विष्टले स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको विशेष साधारण सभामा भाग लिनेछन् ।

साधारण सभा अक्टोबर १० देखि १२ तारिखसम्म हुनेछ । साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजन रहेको छ । त्यस क्रममा निर्वाचन पनि हुनेछ ।

बिदाइ काग्रक्रममा एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ र नेपाल ओलम्पियन संघकी सचिव देवु थापाको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *