फिलिपिन्सका दुवै टोली च्याम्पियन

२०८१, १९ आश्विन शनिबार १९:१०

एसिया रग्बी ट्रफीमा फिलिपिन्स पुरुष तथा महिला दुवैतर्फ च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पुरुषतर्फको फाइनलमा फिलिपिन्सले चाइनिज ताइपेइलाई २७-१४ को स्कोरले पराजित गर्यो ।

यसैगरी महिलातर्फको उपाधि भिडन्तमा फिलिपिन्सले भारतलाई ७-५ को स्कोरले निरास बनायो ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । जसमा पुरुषतर्फ १४ र महिलातर्फ सात टोली सहभागी थिए ।

च्याम्पियन बनेसँगै फिलिपिन्सका दुवै टोलीले अर्को वर्ष हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान पक्का गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *