एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा शुक्रबार ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको दिनको पहिलो खेलमा ललितपुरले चितवनालाई ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट १९-२५ ले गुमाएको ललितपुरले त्यसपछिका तीन सेट २५-२१, २५-१६, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।
यो जितसँगै ललितपुर फाइनल प्रवेशको सम्भावना बलियो बनेको छ। ललितपुरले जारी लिगमा समूह चरणको दुई खेलमा पराजय ब्यहोरेको छ।
यता, पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको हो। ललितपुर फाइनल प्रवेशको नतिजाको लागि काठमाडौं र कर्णालीको नतिजाले निर्धारण गर्नेछ।
आजै हुने दोस्रो खेलमा गण्डकी र मधेश युनाइटेड तथा अन्तिम खेलमा कर्णाली र काठमाडौं खेल्दैछन् । शीर्ष दुई टोली बीच शनिवार फाइनल हुनेछ।
