पेनाल्टीले जोगायो रियललाई

२०८१, १९ बैशाख बुधबार ०२:२२

भिनिसियस जुनियरले पेनाल्टीमा गोल गरेसँगै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ।

एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेगमा रियल घरेलु टोली बायर्न म्युनिखसँग २-२ गोलको बराबरीमा रोकिएको छ।

खेलको २४औं मिनेटमा भिनिसियसले गोल गर्दै रियलले शुरूआती अग्रता लिएको थियो। उनले टोली कुसको पासमा गोल गरेका थिए।

५३औं मिनेटमा कोनराड लेमरको पासमा लिरोय सानेले गोल गर्दै बायर्नलाई खेलमा फर्काए। त्यसको ४ मिनेटपछि ह्यारी केनले पेनाल्टीमा गोल गर्दा बायर्न खेलमा २-१ ले अगाडि बढ्यो।

तर, उक्त अग्रता बायर्नले कायम राख्न सके। निर्धारित ९० मिनेटको खेल सकिन ७ मिनेट बाँकी रहँदा भिनिसियसले नै पेनाल्टीमार्फत गोल गर्दै रियललाई हारबाट जोगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *