नेपालले दक्षिण एसियाली जुनियर यु-२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

चेन्नईमा हुने प्रतियोगितामा पुरुषतर्फ आदेशकुमार यादवले १००/४०० मिटर दौड, युवराज विकले १००/२०० मिटर दौड, बादल कार्की र अजय विकले १ हजार ५००/३००० हजार मिटर दौड र विशाल गुरुङले लङजम्प/त्रिपलजम्पमा प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ अस्मिता भुजेल र नारायणी भण्डारीले १ हजार ५००/३००० मिटर दौड, डिना गोपालीले १००/ २०० मिटर दौड र अनिशा थारुले ४०० मिटर दौड, लङजम्प / त्रिपलजम्पमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्

आदेश, बादल र अजयबाहेकका खेलाडीको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

टोलीको मुख्य प्रशिक्षकमा उषाकुमारी कर्ण र प्रशिक्षकमा विमला राना छन् । टोली सोमबार भारत जानेछ ।

टोलीलाई कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री राजीवविक्रम शाह र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *