नेपाली मुवाँथाई खेलाडी पलिस्था कक्षपतिले आईएफएमए युथ वल्ड च्याम्पियनसिप खेल्ने भएकी छिन् ।
प्रतियोगिता सेप्टेम्बर ११ देखि २० तारिखसम्म थाइल्यान्डको बैंककमा हुनेछ ।
पलिस्थाले महिला ४५ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।
पलिस्थाले सन् २०१९ मा थाइल्यान्डमै भएको विश्व मुवाँथाई च्याम्पियनसिपको एमेच्योरतर्फ महिला ३५ केजीमुनि स्वर्ण जितेकी थिइन् । पलिस्थाले विभिन्न समयमा भएको इन्डो-नेपाल मुवाँथाई च्याम्पियनसिपमा ३ स्वर्ण जितेकी थिइन् ।
