अखिल नेपाल फुटबल संघ (एन्फा) ले उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई प्रोत्साहनस्वरूप कारबाट पुरस्कृत गर्ने गर्ने भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार र बिहीबार बसेको बैठकले वर्षमा एक महिला र पुरुष उत्कृष्ट खेलाडी घोषणा गर्दै प्रोत्साहनस्वरूप कार दिने निर्णय गरेको हो ।
यस्तै, उत्कृष्ट रेफ्रि र प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने भएको छ । साथैमोटरसाइकल र स्कुटर पनि दिइने एन्फाले जनाएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड पाँच लाख रुपैयाँ र मोटरसाइकल तथा स्कुटरबाट पुरस्कृत गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोट गर्न पुरुषोत्तम थापाको संयोजकत्वमा तीन सदस्सीय समिति बनाइएको छ । उक्त समितिमा पूर्वखेलाडी हरि खड्का र सञ्जीव मिश्र छन्।
